काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले बुधबारदेखि लागू हुनेगरी निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्नका लागि गृह मन्त्रालयलाई आग्रह गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्नुपर्ने प्रावधान रहेको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् ।
प्रतिक्रिया