काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा १ हजार १६ जनासहित देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् भने १ सय १४ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया