बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७७, मंगलवार ०५:४०

काठमाडौं । बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपसभामुख तामाङ कोरोना संक्रमण पुष्टि भएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन् ।
उनका अनुसार केही दिनअघि काठमाडौंमा बैठक गर्ने क्रममा आफू पनि संक्रमित भएको अनुमान रहेको उपसभामुख तामाङको छ ।

अहिले उपसभामुख आफ्नै क्वार्टरमा आइसोलेसनमा रहेकी छन् । उपसभामुख तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको पनि चिकित्सकलाई उद्धृत गर्दै स्वकीय सचिव थापाले जानकारी गराइन् ।

नुवाकोट क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित प्रदेश उपसभामुख तामाङ नेकपा नेतृ तथा पूर्व कृषि राज्यमन्त्री हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१