काठमाडौं । सरकारले तीनजनालाई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा तीनजना सहसचिवलाई राजदूत नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिवहरु तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूत नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
तर, उनीहरुलाई कुन कुन देशका लागि राजदूत नियुक्त गरियो भन्ने बारेमा पनि जानकारी नभएको ती मन्त्रीको भनाइ छ ।
संसदीय सुनुवाइपछि समितिले सिफारिस गरेर राष्ट्रपतिबाट राजदूत नियुक्त हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया