लगानी बोर्डको सीईओको काम गर्न भट्टलाई बाटो खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७७, सोमबार ०५:५०

काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न सुशील भट्टलाई बाटो खुलेको छ ।

उच्च अदालत पाटनका न्याायाधीश इश्वरराज आचार्य र ठाकुर प्रसाद शर्मा पौडेलको संयुक्त इजलाशले भट्टविरुद्ध आइतबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

यसअघि साउन २७ गते नहकुल सुवेदीको इजलाशले साउन ३२ गतेसम्म कार्यकारीका रुपमा काम नगर्न भन्दै छलफलमा झिकाएको थियो ।

उच्च अदालतको पछिल्लो आदेशपछि भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न बाटो खुला भएको छ । साउन १९ गते सरकारले भट्टलाई लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

तर सो पदको लागि भट्टको योग्यता नपुग्ने र व्यक्तिगत स्वार्थ भएकोले बोर्डको सञ्चालक समितिको बैठकमा उनको उपस्थितले स्वार्थ बाझिने भन्दै सो नियुक्तिलाई तत्काल बदर गर्न माग गर्दै साउन २५ गते अधिवक्ता जयबहादूर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१