जनमैत्री अस्पताल सञ्चालन गर्न माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७७, शनिबार ०५:५०

काठमाडौ‌ं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको बिरामी बढ्दै गएकाले बन्द अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ ले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनुपर्ने भन्दै सम्बन्ध भएका निकायसँग माग गरेको हो । वडाले विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालनको माग गरेको हो ।

कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण र व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत सबै सम्बद्ध निकायसँग वडा कार्यालयले आग्रह गरिएको वडाध्यक्ष मुकुन्द रिजालले बताए । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोल आइसोलेसन निर्माणका विषयमा केन्द्र सरकारले चासो देखाउनुपर्ने बताउँछन् ।

नगर प्रमुख विद्यासुन्दर शाक्यलगायत उपत्यका नगरपालिका फोरमले भने उपत्यकाको सबै नाकाबाट नागरिकको आवतजावत बन्द गर्नुपर्ने धारणा मुख्य रुपमा अघि सारेका छन् । अहिले काठमाडौं उपत्यकामा मात्रै करीब एक हजार ५०० को हाराहारीमा सङ्क्रमित छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१