निजी अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ उपचारका लागि राख्न अनुरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७७, शनिबार ०५:४७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत शय्या कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि नै संक्रमण बढिरहेकाले कोभिड–१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत शय्याको व्यवस्थापन गर्न आग्रह गरिएको बताए । अहिले काठमाडौंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, भक्तपुर अस्पताल र कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताललाई कोभिड–१९ हब अस्पतालका रुपमा रहेका छन् ।

उनले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोभिड–१९ को संक्रमण भएपछि हब अस्पतालको संयोजनमा सोही अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए । नेपालमा अहिलेसम्म २५ हजार ५ सय ५१ जना संक्रमित भइसकेका छन् । तीमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किसकेका छन् भने ९९ जनाको मृत्यु भइसकेको छ । आज मात्र काठमाडौं उपत्यकामा १ सय १९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा छ जना छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१