सरकारी मापदण्ड उल्लंघन गर्दै मन्त्री कैलाशप्रसाद ढुङ्गेल , गाउँ गाउँमा भीडसहित कार्यक्रम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७७, बिहीबार ०५:३४

काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले कोरोना नियन्त्रण सम्बन्धी सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन् । उनले सामूहिक भेटघाट तथा कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नहुनु भन्ने नियम विपरीत गाउँ गाउँमा सार्वजनिक कार्यक्रम गर्दै हिडेका हुन् ।

मन्त्री ढुङ्गेलले गृह जिल्ला रामेछापमा विभिन्न संघसंस्था तथा गाउँपालिकाको कार्यक्रममा प्रमुख अतिथि बन्दै कार्यक्रम गरिरहेका छन् । कोरोनाको महामारीका बेलामा मन्त्री ढुङ्गेलले गर्ने कार्यक्रममा मानिसहरुले भौतिक दूरी कायम गरेको देखिदैन ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई त्यही सरकारका मन्त्रीले उल्लंघन गर्दा प्रशासन मुकदर्शक र जनता मन्त्रीको भाषणमा ताली बजाउने गरिरहेका नेकपाकै नेताहरु बताउने गर्दछन् ।

‘सरकार जनतालाई जमघट भेटघाट नगर्नु भन्छ, तर सरकारको मन्त्री नै प्रमुख अतिथि बनेर कार्यक्रम गर्दै हिड्छन् ।’ रोछापको एक स्थानीयले भने, ‘के मन्त्री आएको ठाउँमा कोरोना आउँदैन र ?’

उनले मन्त्री आएर कार्यक्रम गर्नु ठिक भएपनि महामारीको समयमा मन्त्री वेमतलवी देखिएको बताए । गाउँमा मन्त्री आएर जनतासँग भेट्ने तथा कार्यक्रम गर्ने काम राम्रो भए पनि कोरोना भाइरसको महामारीको समयमा कार्यक्रम गर्नु राम्रो नभएको स्थानीयको भनाई छ ।

अहिलेसम्म रामेछापमा ३१ जना कोरोना संक्रमित भइसकेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार २४ जना निको भइसकेका छन्, भने ७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१