बालउद्दार मावीको व्यवस्थापन समिति अध्यक्षमा घिमिरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७७, मंगलवार ०६:००

काठमाडौं । बालउद्दार मावी बुढानिलकण्ठ -१० को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धुर्व प्रसाद घिमिरे चयन भएका छन। पत्रकारिता र समाजसेवामा सक्रिय रहेका घिमिरेलाई अभिभावक तथा नगरपालिकाबाट मनोनित भएका सदस्यहरु मध्ये ज्येष्ठ सदस्य देवी रेग्मीको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष चयन गरिएको थियो ।

घिमिरेको अध्यक्षतामा गठन भएको गठन भएको विद्यालय व्यवस्थापन समितिमा अरुण कुमार क्षेत्री,देवी रेग्मी,उर्मिला पोखरेल,दिल कुमारी बिक (जनप्रतिनिधि) सदस्य रहेका छन भने विद्यालय व्यवस्थापन समितिले मनोनित गर्ने एक महिला र एक पुरुष सहित शिक्षक प्रतिनिधिको छनोट गर्न बाँकि रहेको छ।

अध्यक्ष चयन गरेको पहिलो बैठक लगत्तै बसेको बिद्यालय व्यवस्थापन समितिको दोश्रो बैठकले व्यवस्थापन चुस्त बनाउने भन्दै राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका तिन जना सहायक प्रधानाध्यापकहरुलाई जिम्मेवारी बाट मुक्त गर्ने निर्णय गरेको छ।

नेपाल सरकार बाट नमुना विद्यालयमा छनौट भएको उक्त बिद्यालयलाई भौतिक ,शैक्षिक र जनशक्तिको विकास गर्दै देशको उत्कृस्ट विद्यालय बनाउने अभियान शुरु भएको बताउदै अध्यक्ष घिमिरेले दोश्रो बैठकबाट नीजि श्रोतमा कार्यरत शिक्षक कर्मचारीको लागि आवश्यक पर्ने तलब बापतको रकम, विद्यालयको भौतिक पूर्वाधारको लागि आवश्यक रकम नगरपालिका समक्ष माग गर्ने निर्णय गरिएको जानकारी दिएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१