गोंगबु हत्या प्रकरणमा संलग्न भएको आशंकामा चितवनकी एक महिला पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७७, मंगलवार ०५:३८

काठमाडौं। काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहोराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनी बोहोराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । आइतबार गोंगबु चोक नजिकै सुटकेशभित्र उनको टाउकोविनाको शव भेटिएको थियो ।

कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको फेला पारेको थियो ।

सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१