काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन छिट्टै हुने बताएका छन् । त्रिविले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्व सम्भाव्यताको अध्ययन सकिएकाले अब छिट्टै सम्भाव्यताको अध्ययन हुने जानकारी दिए ।
नेपाल र चीनबीच सीमा क्षेत्र कठिन भूबनोटको भए पनि प्रविधिको विकासले रेलमार्गका लागि समस्या नहुने उनले बताए । मन्त्री ज्ञवालीले भने, ‘काठमाडौ केरुङको प्रिफिजिविलिटी सर्भे सम्पन्न भएको छ। चाँडै फिजिविलिटी सर्भे हुने छ।’
नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण दुवै देशको सम्बन्धमा महत्वपूर्ण कडी भएको उनले बताए । ज्ञवालीले भने, ‘सन् २०१९ को सीको भ्रमणमा भएको सम्झौताले नेपाल र चीनलाई समृद्धि र विकासका लागि रणनीतिक साझेदार बनाएको छ ।’
अमेरिका र चीन तथा चीन र भारतबीचको विवादले नेपाल चिन्तित बनेको ज्ञवालीको प्रतिक्रिया छ ।
प्रतिक्रिया