राजधानीका ८ पसल कारवाहीमा, जार र बोतलको पानीको मूल्य तोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७७, मंगलवार ०५:२८

काठमाडौं । राजधानीका ८ पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागको बजार अनुगमनका लागि परिचालित टोलीले आयुर्वेदिक, फार्मेसी, खाद्य किराना, मार्ट, डिपार्टमेन्टल स्टोर, मोवाइल, पानी, फलफूल लगायतका मापदण्ड विपरितका पसलहरुलाई जरिवाना तिराएको हो । जसमा काठमाडौंमा १३, ललितपुरमा ६ गरी जम्मा १९ वटा रहेका छन् । विभागले अनुगमन गरी ती पसलहरुबाट रू दुई लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ भने केहीलाई सुधारका लागि निर्देशन दिएको र केहीसँग कागजात माग गरेको छ ।

त्यसैगरी विभागबाट गठित कार्यदलले काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका लागि २०७७ भाद्र १० देखि लागू हुने गरी कायम गरेको जार तथा बोतलबन्द पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ । जारमा अधिकतम् मूल्य ५० रुपैयाँ तोकेको छ भने बोतलको पानीको अधिकतम मूल्य १६ तोकेको छ । पहिले प्रति जारको पानीको अधिकतम मूल्य ७० रुपैयाँ रहेको थियो भने बोतलको पानी २० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१