उपत्यकामा फेरि सार्वजनिक यातायात बन्द गर्ने सरकारको तयारी !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७७, सोमबार ०६:००

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा फेरि सार्वजनिक यातायात बन्द गर्ने तयारी गरेको छ । उपत्यका नगरपालिका फोरमको टोलीसँगको भेटमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फोरमको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री पोखरेललाई भेट्न फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिवसमेत रहेका मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सिंहदरबार पुगेका थिए ।

आफूहरुले कम्तिमा तीनहप्ता उपत्यकामा सार्वजनिक सवारी साधन रोक लगाउन आग्रह गरेको र उपप्रधानमन्त्री पोखरेलले बैठक बसेर सकरात्मक निर्णय गर्ने जानकारी दिएको श्रेष्ठले बताए । सिसिएमसीको बैठकले सार्वजनिक यातायात बन्द गर्नेबारेमा निर्णय गर्ने उनले जानकारी दिए ।

फोरमले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सुझाव दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१