नुवाकोटका यी क्षेत्रमा कर्फ्यू, यस्ता कार्य गर्नमा रोक लगाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०७७, शनिबार ०५:०६

काठमाडौं । नुवाकोट जिल्लाका विभिन्न स्थानहरूमा श्रावण २४ राति १२ बाट १० दिनका लागि कर्फ्यू लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा नुवाकोट जिल्लाका विदुर नगरपालिका, लिखु र सुर्यगढी गाउँपालिकाका सबै क्षेत्र तथा वेलकोटगढी नगरपालिका, पञ्चकन्या, शिवपुरी र ककनी गाउँपालिकाका केही क्षेत्रमा मिति २०७७ श्रावण २४ गते राति १२।०० बजेदेखि १० दिनका लागि जारी गरिएको निषेधाज्ञा जारी गरिएको जनाइएको छ।

निषेधाज्ञा जारी हुने क्षेत्र निम्न रहेका छन्ः–

१. विदुर नगरपालिकाका सम्पूर्ण क्षेत्र

२. लिखु गाउँपालिकाका सम्पूर्ण क्षेत्र

३. सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्र

४. बेलकोटगढी नगरपालिकाका वडा नं ५,७,८,१०,११,१२ र १३ का सम्पूर्ण क्षेत्र

५. पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र

६. शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र

७. ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाः–

निषेधाज्ञा जारी सम्बन्धी अत्यन्त जरुरी सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड-१९) का यस जिल्लामा समेत हालसम्म ५३ जना व्यक्तिहरु संक्रमित भइसकेको अवस्था छ ।शुरुका दिनमा विदेशबाट आई क्वारेन्टीनमा बसेका व्यक्तिहरुमा मात्र संक्रमण देखिएकोमा हाल समुदायस्तरमा समेत संक्रमण फैलिने अवस्था देखिएको छ । बन्दाबन्दीको अन्त्य भएसँगै संक्रमणको दर वृद्धि भएको तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत संक्रमण देखिन थालेको हुँदा कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि थप सतर्कता अपनाउनुपर्ने अवस्था सृजना भएको छ ।यस सन्दर्भमा नुवाकोट जिल्लाको अन्य क्षेत्रमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७७।०४।२२ गतेको निर्णयलाई निरन्तरता दिदैं यस जिल्लाका देहायका क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम मिति २०७७।०४।२४ गते राति १२:०० बजेदेखि १० दिन सम्मका लागि यो निषेधाज्ञा जारी गरिएको छ ।यो आदेशको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

निषेधाज्ञा जारी हुने क्षेत्र:

१. विदुर नगरपालिकाका सम्पूर्ण क्षेत्र

२. लिखु गाउँपालिकाका सम्पूर्ण क्षेत्र

३. सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्र

४. बेलकोटगढी नगरपालिकाका वडा नं ५,७,८,१०,११,१२ र १३ का सम्पूर्ण क्षेत्र

५. पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र

६. शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र

७. ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र

१. निषेधाज्ञा जारी भएका क्षेत्रमा देहायका कार्यहरु गर्न/गराउन रोक लगाउने:

क) औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन ।

ख) एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्‍चालन गर्न ।

ग) अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न (तर खाद्यान्न पसल बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म मात्र खोल्न पाइने) ।

घ) स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक बैंक, वित्तीय संस्था, सहकारी सहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्‍चालन गर्न।

ङ) धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन गर्न ।

पुनश्‍च:

१. निषेधित क्षेत्र बाहेक जिल्लाको सम्पूर्ण भागमा धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन नगर्ने/नगराउने ।

२. जिल्लाका सबै नाकाहरुबाट माथि उल्लेखित अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन बाहेक सम्पूर्ण सवारी साधन तथा पैदल आवातजावत पूर्णरुपमा रोक लगाउने ।

झंकनाथ ढकाल

प्रमुख जिल्ला अधिकारी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१