चुच्चेपाटीमा श्रीमती र छोरीमाथि ‘तारपिन’को तेल प्रहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७७, शुक्रबार ०५:४९

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एक जनाले घरायासी विवाद हुँदा श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेका छन् ।

तारपिनको तेल प्रहारबाट आमाछोरी घाइते भएको प्रहरीले जनाएको छ । मदिरा खाएका उनले बिहीबार राति श्रीमतीमाथि आक्रमण गरेका हुन् ।

आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई सो तेलले हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने, ‘श्रीमती र छोरीलाई तारपिन तेल प्रहार गरेको देखियो। थप अनुसन्धान भइरहेको छ ।’

उक्त केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उपचारका लागि तिलगङ्गा आँखा अस्पताल लगिएको छ।

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले तारपिन तेल प्रहार गरेको र उनलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञवालीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१