सूर्य नेपाल प्रा. लि. को नयाँ प्रस्तुती त्रिसारा अगरबत्ती नेपालीबजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७७, शुक्रबार ०५:२९

काठमाडौं। नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा. लि. को गुणस्तरीय उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ निकै नै लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ । मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकहरुसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै कम्पनीले “मंगलदीपत्रिसारा”नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहक महानुभावहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् । त्रिसाराको प्रति प्याक मूल्य रु. १०० कायम गरिएको छ र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् ।जिप लक ले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समय सम्म टिक्ने जानकारी कम्पनीले गराएको छ ।त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको छ ।

सूर्य नेपाल प्रा. लि. ले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिराखेको छ । मंगलदीप अगरबत्तीले हाल राष्ट्रकोअगरबत्तीमा व्याप्त परनिर्भरता कम गरि देशको राजश्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ । नेपालको साँस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेशमै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ । सूर्य नेपाल प्रा. लि. तीर सलाईतथाटफिचु कन्फेक्सनरीजस्ता उच्च गुणस्तरका उत्पादनहरु मार्फत युवा रोजगारतथा महिला सशक्तिकरणमा अग्रणी भूमिका निभाइरहेको छ भने सोको विक्रि वितरण गरि आफ्ना ग्राहकहरुलाई सन्तुष्टी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१