नेयमारको गोलमा बार्सिलोना को शानदार विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७१, मंगलवार ०६:३२
Barcelona 2-0 Athletic Bilbao Neymar Goalकाठमाडौं । खेलको अन्त्यतिर नेयमारको दुई गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
 घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नेयमारले पाँच मिनेटभित्र दुई गोल गरेका थिए । बार्सिलोनाले गोल गर्न नसकिरहेको उनी ६३ औं मिनेटमा मुनिरको स्थानमा मैदान प्रवेश गरे ।
खेलको ७९ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८४ औं मिनेटमा लिओनल मेस्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै नेयमारले बार्सिलानालाई महत्वपूर्ण तीन अंक दिलाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१