मास्क नलगाइ हिड्ने २३ सय ४२ जना कारबाहीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७७, मंगलवार ०५:०५

काठमाडौं । नेपालमा कोभिड १९ को संक्रमित संख्या दिनहुँ बढिरहेका बेला बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले मास्क नलगाई हिडडुल गर्नेहरुमाथि आक्रमक रुपमा कारबाही अभियान चलाएको छ।

पछिल्लो २ दिनका बीचमा ट्राफिक प्रहरीले बागमती प्रदेशमा २३ सय ४२ जनामाथि जरिवाना गरेको छ। मास्क नलगाइ सडकमा हिँडेकाहरुमाथि सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म जरिवाना गरिएको एसपी प्रकाश रानाभाटले जानकारी दिए।

प्रहरीले वागमती प्रदेशका १० वटा जिल्लाहरुमा कारबाही अभियान चलाएको हो।

मास्क नलगाइ हिड्नेमा चितवनमा सबैभन्दा बढी कारबाहीमा परेका छन । चितवनमा ७ सय ३३ जना कारवाहीमा परेका हुन। रसुवामा भने एक जना पनि पक्राउ परेका छैनन।

उनीहरुमाथि स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने उपर संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरीले न्यूनतम सामाजिक भौतिक दुरी कायम नगरी सवारी साधन संचालन गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दुरी कायम नगर्ने, मास्क प्रयोग नगर्नेहरुमागि उच्च निगरानी बढाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१