उपत्यका प्रवेश गर्ने २४ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७७, शुक्रबार ०५:०४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा कोभिड–१९ को परीक्षण थालेको छ । तीन हजार ४ सय ७३ जनामा परीक्षण गर्दा २४ जनामा मात्र सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार नागढुङ्गामा तीन, फर्पिगमा १०, साँगामा ११ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै मानिसको नमूना सङ्कलन गरेको छ । अहिलेसम्म आठ हजार ४ सय १ जनाको नमूना सङ्कलन गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१