अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द : कोरोना बढेपछि उपत्यका प्रवेशमा यस्तो व्यवस्था (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७७, शुक्रबार ०४:५८

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरेर अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन दिएको गृहमन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड-१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोरोना पोजेटिभ फेला परेको भन्दै नाकाहरुको आवागमनमा पूर्ण निगरानी राख्न र अर्को आदेश नभएसम्म अत्यावश्यक सेवा र ढुवानी बाहेक आजैदेखि लागू हुनेगरी हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुको आवागन पूर्णरुपमा बन्द गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१