सर्वोच्चले भन्यो – फैसलामाथि अनावश्यक टीकाटिप्पणी नगर्नू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७७, मंगलवार ०५:०७

काठमाडौँ । पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा सर्वोच्च अदालतले असन्तुष्टि जनाएको छ ।

न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ ।

‘न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको व्यहोरो विदितै छ’ प्रवक्ता भद्रकाली पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सम्वद्ध सबैमा अनुरोध छ ।’

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१