सिंहदबार पुनर्निर्माण कात्तिकभित्रै सम्पन्न गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७७, मंगलवार ०४:५९

काठमाडौँ । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनीक केन्द्र सिंहदरबार कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी पुननिर्माण भइरहेको छ । कोभिड १९ का कारण निर्माण कार्यमा असर पर्दा केही समय ढिलो हुने भएपनि मूख्य भवनको पूननिर्माण कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी काम भइराखेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बताएको छ ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले निजी निवासको रुपमा सन १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । तर पछि सिंहदरबारलाई मुलुकको मूख्य प्रशासनीक केन्द्रको रुपमा परिणत गरियो । प्रधानमन्त्रीको कार्यलय तथा अन्य सरकारी मन्त्रालयका कार्यालयहरु सिंहदरबार भित्र छन् । एतिहासिक सिंहदरबारको मुख्य प्रशासनीक भवन २०७२ सालको भूकम्पले लगभग नष्ट हुने अवस्थामा पु¥यायो ।

त्यसपछि केही वर्ष सिंहदरबारको पुननिर्माण हुन सकेन । अहिले भने पुननिर्माणले गति लिएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले आगामी कात्तिक महिना भित्र सम्पन्न गर्ने योजना अनुसार काम भइराखेको बताए ।

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । २०३० सालमा आगलागी भएपछि सोहि भवनमा सिमेन्ट, बालुवा, छड लगायतका वस्तु प्रयोग गरी जिर्णोद्धार गरिएको थियो । राणा कालमा जुन वस्तु प्रयोग गरि जस्तो प्रविधिबाट बनाइएको थियो सोही प्रविधि अनुसार नै अहिले प्रबलिकरणको काम भइरहेको छ । आयोजनाका प्रजेक्ट म्यानेजर प्रलाहद चापागाईंले अहिले ब्रिक्स सोलिङ, पीसीसी, फर्मवर्क, स्टिील फ्रेमिङ र बिम पुरा गर्ने कम भइरहेको जानकारी दिए ।

सिंहदरबारको पूननिर्माणको काम तीनवटा प्याकेजमा भइरहेको छ । जसअन्तर्गत पहिलो प्याकेजको काम असार महिनामा नै सकिएको थियो । दोस्रो प्याकेजको काम कात्तिकको पहिलो साता भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो प्याकेज अन्तर्गत पश्चिम पट्टिको मोहडाको काम अहिले भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१