काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले आम जनतालाई आक्रोशित बनाएको बताएका छन् ।
श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले बिरोध गर्दै सामाजिक सञ्जालमा सांसद थापाले यस्तो बताएका हुन् ।
उनले प्रधानन्यायाधीश स्वयम् संलग्न भएर कर्तव्य ज्यान मुद्दामा सजाय घटाउने गरी गरिएको फैसलाले न्यायपालिका प्रतिको विश्वास डगमगाएको उनको भनाई थियो । उनले भनेका छन्, ‘न्यायसम्पादनमा हुने त्रुटीहरू सच्याउन र न्यायालयबाटै न्याय मर्न नपाओस् भनेर नै संविधानमा पुनरावलोकनको प्रावधान राखिएको हो ।’
सांसद थापाले फैसला सच्याउन सरकारले गरेको पहल र पुनरावलोकनका लागि अनुमति दिने आजको निर्णय सकारात्मक रहेको पनि बताएका छन् ।
प्रतिक्रिया