आज नागपञ्चमी, घरघरमा नागको पूजाआजा गरि मनाईदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०७७, शनिबार ०५:२९

काठमाडाै‌ । आज नागपञ्चमी घरघरमा नागको पूजाआजा गरि मनाईदै छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा छ ।

विभिन्न आठ प्रकारका नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका थानमा विशेष पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ । आजको दिन घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता छ ।

आज पशुपतिको वासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागदह लगायतका स्थानमा मेला लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१