श्रीमती हत्या गरी जेल परेका पूर्वडीआईजी कोइराला थुनामुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०७७, शुक्रबार ०५:११

काठमाडौं। पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन्।

सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेसँगै डिल्लीबजार कारागार प्रशासनले उनलाई बिहीबार जेलमुक्त गरेको हो।

श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए। तर सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो।

सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो।

सोही फैसलाको आधारमा उनी जेलमुक्त भएका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१