नारायणगढ-मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०७७, शुक्रबार ०५:०५

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो ।

अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । यस वर्षका वर्षात्‌सँगै त्यो ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१