स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७७, बिहीबार ०४:४१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् ।

बुधबार ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उनले ट्वीटमा भनेकी छन् ।

कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१