२० मिनेटमै कोरोना संक्रमण परीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७७, बिहीबार ०४:४०

एजेन्सी । यतिखेर सिंगो विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । अहिलेसम्म यसको अचुक उपचार पत्ता लागेको छैन । केवल प्रयोगात्मक शैलीको उपचारकै भरमा मानवीय जीवन बचाउने प्रत्यत्नहरु भैरहेका छन । त्यसो त, विभिन्न मुलुकका वैज्ञानिहरु यसको उपचारका लागि खोप विकास गर्न प्रयासरत पनि छन । तर अहिलेको मुख्य समस्या भनेकै संक्रमणलाई रोक्नु हो । यसका लागि परीक्षण महत्वपूर्ण मानिन्छ ।

अहिले आरडिटी र आरटी पिसिआर परीक्षणहरु प्रचलनमा छन । यसमध्ये पनि उपयुक्त मानिएको आरटी पिसिआर परीक्षण बढी प्रयोगमा रहेको छ । तर यो प्रकृयाले कोरोना संक्रमणको पहिचान गर्न धेरै समय लिंदै आएको छ । यो भन्दा सजिलो अर्थात छिटो पहिचान गर्न सक्ने कुनै उपाय हुनसक्छ कि भन्ने विकल्पका बारेमा वैज्ञानिकहरुले सोच्न थालेको निकै अघिदेखि हो । यहि साेंचले अहिले परिणाम पनि दिएको छ ।

मात्रै २० मिनेटमा रगतको जाँच गरी कोरोना संक्रमण भए नभएको पत्ता लगाउने प्रविधिको विकास भएको छ । अष्ट्रेलियाको मेलबर्नस्थित मोनाश युनिभर्सिटीका वैज्ञानिकहरुले कोरोना संक्रमण पहिचानका लागि रक्त परीक्षण प्रविधिको विकास गरेका हुन । डा. सिमोन कोरि, प्रोफेसर गिल गार्नियर, प्रोफेसर मार्क बनस्जक होलि र एसोसिएट प्रोफेसर टिमोथी स्कटको समुहले यो प्रविधिको खोज र अध्ययन गरेको हो ।

वैज्ञानिकहरुका अनुसार ब्यक्तिको ब्लड स्याम्पलबाट २५ माइक्रोलिटर प्लाज्मा लिइन्छ । यदि कोरोना संक्रमण भएको रहेछ भने परीक्षणका लागि प्रयोग गरिएको २५ माइक्रोलिटर प्लाज्मामा रहेका रातो रक्त कोशिकाहरु गुजुमुज्ज रुपमा देखिन थाल्नेछन । यो प्रकृयालाई सामान्य आँखाबाट पनि हेर्न सकिन्छ भने कोरोना पोजेटिभ या नेगेटिभ छुट्टयाएर रिपोर्ट दिन केवल २० मिनेटको समय लाग्ने वैज्ञानिकहरुले बताएका छन ।

यो प्रविधिबाट एक घण्टामा २०० वटा रक्त नमुनाहरुको परीक्षण गर्न सकिन्छ । हाई डायग्नोस्टिक मेशिन उपलब्ध भएका अस्पतालमा त प्रति घण्टा ७०० वटा रक्त नमुनाहरु परीक्षण गर्न सकिने शोधकर्ताहरुले बताएका छन । जसअनुसार २४ घण्टामा १६ हजार ८०० वटा रक्त नमुनाहरुको परीक्षण गर्न सकिन्छ । कोरोना महामारीको चाप अधिक रहेका मुलुकका लागि यो प्रविधि उपयुक्त हुने वैज्ञानिकहरुले बताएका छन ।

उनीहरुका अनुसार कोरोनाको संक्रमण रोक्ने उपयुक्त उपाय नै छिटो भन्दा छिटो संक्रमितको पहिचान गरी आइसोलेसनमा राखि यथासम्भव उपचार गर्नु हो । रक्त परीक्षणबाट कोरोना संक्रमण पत्ता लगाउने यो प्रविधिको पेटेंट राइटका लागि वैज्ञानिकहरुले आवेदन दिइसकेका छन । जनाएका छन । पेटेंट राइट दर्ताको प्रकृयापछि यो प्रविधिको ठूलो मात्रामा ब्यवसायिक उपयोग गरिने मोनाश युनिभर्सिटीका वैज्ञानिकहरुले जानकारी दिएको साईन्स डेली पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१