कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो : पछिल्लो २४ घन्टामा दुईजनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७७, बिहीबार ०४:३६

काठमाडौं । कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । जसमा एकजना विदेशी नागरिक रहेका छन् ।पछिल्लो २४ घन्टामा कोरोनाबाट दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा दुईजनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार महोत्तरीको मोरइका ६० वर्षीय पुरुषको गएराती उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

अस्पतालमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताए । उनका अनुसार ती पुरुषको गएराती नै अन्तिम संस्कार गरिएको छ ।

त्यस्तै त्रिभुवन विश्व विद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । ४८ वर्षीया चिनियाँ महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

चिनियाँ नागरिक पोखरासम्म घुमेर आएको खुलेको छ । उनी नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो विदेशी नागरिक हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१