काठमाडौंमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०७७, बुधबार ०५:५८

काठमाडौं । काठमाडौंमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण भएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका थप ८ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ सय ५० संक्रमितसहित देशभर संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको बताए ।

संक्रमितमध्ये १२ हजार ४ सय ७७ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१