गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७७, मंगलवार ०५:१६

नवलपरासी। नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।

नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए ।

नदीमा पानी वहावले खतराको सूचक पार गरेपछि सबै ढोका खोलिएको सिहंले बताए ।

नदीको वहाव ३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ। सोमबार साँझसम्म गण्डकमा २ लाख ७० हजार क्यूसेक पानी रहेको सम्पर्क अधिकारी सिंहले बताए।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्यूसेक भए पनि अहिले यसले ४ देखि ५ लाख क्यूसेक मात्र वहन गर्न सक्ने जनाइएको छ ।

यसैबीच नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।

सो क्षेत्रहरूमा विपद् आइलागेमा तत्काल उद्धारमा खटाउनका लागि सुरक्षाकर्मीलाई आइ अलर्टमा राखिएको प्रजिअ पाठकले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१