बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी सिलवाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७७, मंगलवार ०५:०९

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसुर सम्बन्धी मुद्दामा बैंकका तत्कालीन संचालक समेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए ।

मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत हुने फैसला भएको थियो ।

यसैगरी सोही बैंकको बैंकिङ कसुर सम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुबै मुद्दामा दोषी करार भई फरार रहेका थिए । निजलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत भक्तपुर पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१