खुमलटार भेलाको निष्कर्ष : भोलि स्थायी कमिटी बैठक, भाद्र पहिलो हप्ता केन्द्रीय कमिटी बैठक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७७, शुक्रबार ०५:३७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका पटक पटकका छलफलले निष्कर्ष निकाल्न नसकेपछि आजको छलफलमा माधव कुमार नेपाल सहभागी भएका थिए ।

त्रिपक्षीय छलफलमा पनि दुवैपक्षले आआफ्ना अडान राखेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएको छ । खुमलटारको छलफलले विभिन्न निष्कर्ष निकालेको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार खुमलटार बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने र त्यहीँबाट प्रक्रियागत निष्कर्षमा पुग्ने निणर्य भएको छ । भोलिकै स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ ।

भाद्र पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षका नेताहरुले बताएका छन् । पार्टी एकताको विधान बनाउने सर्वोच्च निकाय केन्द्रीय समिति भएकाले प्रचण्ड-नेपाल पक्षधरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर त्यहीँबाट निर्णय गर्ने योजना बनाएको छ ।

ओलीले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकट नेताहरुसँग छलफल थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१