पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै कमी नगरिने : गृहमन्त्री थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७७, बिहीबार ०५:१५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै कमी नगरिने बताएका छन् । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जाजरकोट जिल्लाका जनप्रतिनिधिसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । जाजरकोटमा बाढीपहिरोबाट पीडितको उचित व्यवस्थापनको माग गर्दै उनीहरुले बुधबार गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए ।

उनले बाढीपीडितका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तिव्रता दिने जानकारी गराए । मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । त्रिचालीस जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१