सुनको भाउ अहिलेसम्मकै उच्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७७, बुधबार १२:४१

काठमाडाैं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । बुधबार सुनको भाउ तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महङ्गो भएको महासंघले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको हो ।

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ । भाउ महङ्गो हुन थालेपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१