पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावलसहित तीनै जनाले पाए सफाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७७, बुधबार ०५:१४

काठमाडौं। विशेष अदालतले पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर तिलक रावलसहित आरोपी तीनै जनालाई सफाइ दिएको छ।

विशेष अदालतले मंलबार पूर्वगर्भनर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियारले उनीहरुविरुद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गरी २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती तथा शान्तिसिंह थापाको संयुक्त इजलाशले पोलिमर नोट प्रकरणमा तीनै जनालाई सफाइ दिएको हो ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छापेको थियो। तर, ती नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१