नेपाली पोर्न साइट चलाउने २३ वर्षीय सुरज श्रेष्ठ काठमाडौंबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०७७, मंगलवार ०५:२८

काठमाडौं । नेपाली पोर्न साइट चलाएको आरोपमा काठमाडौंको गोंगबुबाट एकजना पक्राउ परेका छन् । २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोका सह निर्देशक नविन्द अर्यालले जानकारी दिए ।

श्रेष्ठले विदेशबाट वेभसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन गर्ने र प्रकाशन गर्ने गरेको पाइएको छ । अश्लील सामग्री उत्पादन गरेको र वेभसाइटमा राखेको विषयमा एक युवतीले उजुरी गरेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको अर्यालले बताए ।

प्रहरीले श्रेष्ठले सञ्चालन गरेको साइट पूर्णरुपमा बन्द गरिदिएको छ । पक्राउ परेका श्रेष्ठलाई विद्युतिय कारोबार ऐन अनुसार कारबाहीका लागि अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१