अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापन गर्नुपर्छ : मन्त्री खतिवडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०७७, मंगलवार ०५:२३

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् ।

अहिले प्रतिदिन एकवटा अनलाइन पत्रिका दर्ता हुने गरेको तथ्यांकले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए । सूचना तथा प्रसारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताए ।

‘एक दिनमा एउटा अनलाइन दर्ता हुने गरेछ, यसरी कसरी होला ? कति अनलाइन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाइन चाहिने हो कि ?’ उनले भने, ‘क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराई र चौडाइमा जाने हो कि संख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए । बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१