बलात्कार आरोपीमा कोरोना संक्रमण, थुनुवा कक्ष सिल गरियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०७७, सोमबार ०५:२९

वीरेन्द्रनगर । बलात्कारको आरोपमा पक्राउ परेका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सिल गरिएको छ ।

हाडनाता करणीको आरोपमा पक्राउ परेका वीरेन्द्रनगरका ३६ वर्षीय पुरुषमा दुईदिनअघि कोरोना देखिएको थियो ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पीडित र पीडकको सम्पर्कमा रहेका तथा प्रहरीसहित २२ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी दिएका छन् ।

श्रीमान् विदेशमा रहेको मौका पारेर ती पुरुषले हाडनाता पर्ने एक महिलालाई करणी गरेका थिए । बलात्कार आरोपीको बयान सकिएको र अदालतमा मुद्दा दर्ताको प्रक्रियामा रहेको एसपी भट्टले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१