उपत्यकामा ६ जनामा कोरोना संक्रमण : उपत्यकामा मात्र ३४७ जना पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०७७, सोमबार ०५:२४

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहे पनि काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेको छ । स्वास्थ्य विभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेले उपत्यका बाहिर संक्रमण घटे पनि उपत्यकामा कोरोना संक्रमण बढ्न थालेको बताए ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उपत्यकामा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

महाशाखाले उपत्यकामा समुदायस्तरमा गरेको परीक्षणका क्रममा ३ जनामा संक्रमण देखिएको जनाएको छ । डा पाण्डेले उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या ३ सय ४७ जना पुगेको जानकारी दिएका छन् ।

समुदायस्तरबाट उपत्यकामा कलेक्सन गरेका ३ हजार स्वाबमध्ये परीक्षण रिपोर्ट आएका ५ सयमा जम्मा ३ जनामा कोरोना देखिएको उनले बताए ।

गौतमले थपिएका ८२ जनासहित देशैभर संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको जानकारी दिएका छन् । संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१