अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा चितवनबाट चार डाक्टर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०७७, आईतवार ०५:०१

भरतपुर । चितवनको कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट चार डाक्टर पक्राउ परेका छन् । अवैध रुपमा मिर्गौलाको प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चारजना डाक्टरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

डा. राकेश बर्मा, डा. सूप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती र डा. किरण अधिकारीलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक उच्च अधिकारीलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एकजना नेपाली नागरिकलाई भारतीय नागरिक बनाएर मिर्गौला प्रत्यारोपण गरेको उनीहरुलाई आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१