सिन्धुपाल्चोक बाढी : मृतकका परिवार र घाइतेलाई एक लाख राहत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७७, शुक्रबार ०५:१३

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।

“बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ”, उनले भने “अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ ।”

भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिने उनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१