नेपालमा भारतीय न्युज च्यानल बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७७, शुक्रबार ०५:०४

काठमाडौं । भारतीय न्युज च्यानल नेपालमा बन्द भएका छन् । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका जनाएका छन् ।

बिहीबार बेलुकीदेखि भारतको सरकारी दूरदर्शनबाहेकका सबै न्युज च्यानल बन्द भएका मेगाम्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोप लगाउने र नेपालका नेताहरुविरुद्ध विभिन्न खालका सूचना संप्रेषण गर्न थालेपछि आफूहरुले च्यानल नै बन्द गरेको बताएका छन् ।

शर्माले इन्टरनेटको माध्यमबाट आउने न्युज च्यानल रोक्नका लागि सरकारसँग माग पनि गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१