क्वारेन्टाइनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढ्यो : मन्त्री भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७७, शनिबार ०५:२९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुकेको स्वीकार गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भए पनि क्वारेन्टाइन व्यवस्थापनमा चुकेको उनले स्वीकार गरे । मन्त्री भट्टराईले क्वारेन्टाइनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको बताए ।

उनले भारतीय सीमा क्षेत्र खुला भएका कारण नेपालमा कोरोना संक्रमण रोकथामको ठूलो चुनौती रहेको बताएका छन् । नाका बन्द हुँदा पनि सहज ढंगले मानिसहरुको आवतजावत भएका कारणले पनि संक्रमणको दर बढेको उनको भनाइ छ ।

मन्त्रालयले आफ्नो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले सीमा क्षेत्रबाट निर्वाध रुपमा नेपाल भित्रिने क्रम बढेपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको बताएका छन् । विश्वका अन्य मुलुकहरुको अवस्था हेर्दा नेपाल सरकारले गरेका प्रयासहरु सकारात्मक रहेको उनको भनाइ छ ।

उनले सरकारले संक्रमण नियन्त्रणका लागि राम्रा कामहरु गरेपछि केही विरोधका लागि विरोध गरेको बताए । नियतबस खोट लगाउनु बाहेक अरु हिसाबले खोट लगाउनुपर्छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१