उपत्यका भित्रिन खोज्ने ३९० सवारी साधन फिर्ता, ७२ वटा नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७७, बिहीबार ०५:३६

उपत्यका बाहिरका जिल्लाबाट विभिन्न नाका भएर बुधबार काठमाडौं आउन लागेका ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ। ७२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको हो।

मन्त्रालयका अनुसार जगाती नाकाबाट १२३ वटा चार पाङ्ग्रे र १३० वटा दुई पाङ्ग्रे गरी २५३ वटा सवारी साधनलाई प्रहरीले फर्कादिएको छ भने ७२ वटा नियन्त्रणमा लिएको छ।

यस्तै, फर्पिङ नाकाबाट ६ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे गरी २६ वटा नियन्त्रणमा लिएको छ भने नागढुंगा नाकाबाट ४६ वटा चार पाङ्ग्रे र ६५ वटा दुई पाङ्ग्रे गरी १११ वटा सवारी साधनलाई फिर्ता पठाएको हो।

सरकारले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गर्नुका साथै काठमाडौं उपत्यका प्रवेश गर्न उपत्यकाको सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित जिल्लाको स्थानीय तह र प्रहरीको स्वीकृति अनिवार्य बनाएको छ। लकडाउन खुकुलाे भएपनि सार्वजनिक सवारी साधन चलाउन दिइएको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१