गंगालाल अस्पतालमा अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री ओली निवास फर्किए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७७, बिहीबार ०५:१०

काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली छाेटाे समयमै फर्किएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुको नियमित परीक्षणका क्रममा प्रधानमन्त्री ओली अस्पताल गएको र अत्यावश्यक परीक्षण गरी निवास फर्किएकाे जानकारी दिए ।

कुनै स्वास्थ्य समस्या भएर भन्दा पनि नियमित परीक्षणका क्रममा ओली अस्पताल गएका थापाको भनाइ छ । प्रधामन्त्री ओलीको गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१