आयल निगमले बढायाे पेट्रोलियम पदार्थको मूल्य, के काे मूल्य कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७७, बुधबार ०६:०१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

योसँगै पेट्रोलको मूल्य बुधबारबाट तराईका जिल्लामा ९९।५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टीतेलको मूल्य ८५।५ रुपैयाँ पर्नेभएको छ । काठमाडौं उपत्यकामा भने पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर पर्नेछ । निगमले इन्धन तथा हवाइ ग्यासको मूल्य भने यथावत राखेको छ । त २० चैतमा पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएयता निगम मूल्य समायोजन गरेको थिएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१