काठमाडौंको आकाश सलहले ढाक्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७७, बुधबार ०५:३६

काठमाडौं । काठमाडौंको आकाशलाई सलह भरिभराउ देखिएकाे छ । मंगलबार साँझ ठूलाे मात्रामा सलह काठमाडौं उपत्यकाकाे आकाशमा देखिएको हो ।

काठमाडौंको बागबजार भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको छ । ठूलाे मात्रामा सलहकाे झुण्ड देखिएसँगै काठमाडाैंवासी त्रसित बनेका छन् ।

सलह किरा
मध्यपूर्वी तराईबाट गत असार १३ गते राति नेपाल प्रवेश गरेको सलह पश्चिम तराई र बिभिन्न पहाडी जिल्ला हुँदै काठमाडौं उपत्यकामा पनि प्रवेश गरेको छ ।

सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि चराहरुको आक्रमण पछि केही भुईमा झरेका छन् । तराई र पहाडका बिभिन्न जिल्लामा बालीमा क्षति पुर्याएको सलह हावाको वहावसंगै काठमाडौं प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१