काठमाडौं । राजनीतिक अस्थिरताले चरम रुप लिएको बेला फेरि अर्काे घटनाले नेकपामा खैलाबैला मच्चिएको छ । घटना के हो भने, निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ । दुई दिनअघि पार्टी दर्ताका लागि निवेदन परेको आयोगले जनाएको छ ।
झापा निवासी सन्ध्या तिवारी भन्ने व्यक्तिले एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।
एमाले नामको नयाँ पार्टी दर्ताका लागि निवेदन परेपछि नेकपा बैठकमा यसबारे छलफल भएको छ । बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले दर्ताको विषयमा प्रश्न उठाएका छन् ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कसले, किन दर्ता गर्न लागेको हो? भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए।
तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।
प्रतिक्रिया