पछिल्लो २४ घन्टामा ४६३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १२,७७२ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ असार २०७७, सोमबार ०५:०२

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै १३ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशैभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संक्रमितमध्ये ३ हजार १३ जना उपचारपछि घर फर्किएका छन् भने २८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा बाजुरामा ६३, महोत्तरीमा ५६, गुल्मीमा ३८, प्युठानमा ३५, दाङमा ३४, बाजुरा र नवलपुरका ३१-३१, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटमा १७-१७ जना, डोटीमा १३, रुपन्देहीमा १२,धनुषामा १० र कपिलबस्तुमा ८ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, उदयपुर, तनहुँ र अर्घाखाँचीमा ६-६ जना, कास्कीमा ५, खोटाङमा ४ र झापा, दोलखा, पर्वत, म्यादी र पाल्पामा २-२ जना, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा १-१ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१